वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले घरबाट हामफालेर आत्महत्या गरे

नेपालभ्युज

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले घरबाट हामफालेर आत्महत्या गरे
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले बन्दै गरेको घरबाट आत्महत्या गरेका छन्।

आज बिहान मर्निङ वाकका लागि घरबाट निस्केका उनी चाबहिलस्थित निर्माणाधीन गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका काठमाडौं प्रहरी प्रमुख एएसपी अशोक सिंहले बताए।

‘घर आसपासमा रहेको सीसी क्यामरामा चतुर्वेदी माथि गएको र झरेको दुवै देखिएको सिंहले बताए। उनको घटनास्थलमै उनको मृत्यु भएको हो। शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

घटनाका अन्य कारणबारे अनुसन्धान भइरहेको उनले‍ बताए।

अख्तियार अनुसन्धान आयोगले निगमको अध्यक्ष हुँदा चतुर्वेदीले ६ करोड ९१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले बिगोबमोजिम सम्पत्ति जफत र दुई वर्ष सजायको फैसला गरेकोमा पछि कम्पनीले बिना ब्याज बैना रकम फिर्ता गरेपछि उनले सफाइ पाएका थिए।

पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved