किसान आन्दोलनमा सहभागी भएपछि प्रियंका गान्धी पक्राउ

भारतको उत्तर प्रदेशस्थित लखिमपुरमा आइतबार किसान आन्दोलनको क्रममा ८ जनाकाे मृत्यु भएको थियो। लखिमपुरको खिरी आन्दोलनमा मारिएका परिवारलाई भेट्न जाने क्रममा उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सीले जनाएका छन्।

नेपालभ्युज

किसान आन्दोलनमा सहभागी भएपछि प्रियंका गान्धी पक्राउ

एजेन्सी। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ। गान्धीलाई आज बिहान करीब साढे पाँच बजेतिर उत्तरप्रदेशको सितापुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतको उत्तर प्रदेशस्थित लखिमपुरमा आइतबार किसान आन्दोलनको क्रममा ८ जनाकाे मृत्यु भएको थियो। लखिमपुरको खिरी आन्दोलनमा मारिएका परिवारलाई भेट्न जाने क्रममा उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सीले जनाएका छन्। भारतको केन्द्र सरकारले २०२०मा ल्याएको कृषि कानुनविरुद्ध लामो समयदेखि किसानहरू आन्दोलनरत छन्।

उक्त आन्दोलनलाई समर्थन गरेको अभियोगमा गान्धीलाई प्रहरीले हिरासतमा लिएको हो।

गान्धीलाई लखिमपुर जाने क्रममा सीतापुर गाउँबाट प्रहरीले हिरासतमा लिएको उत्तर प्रदेश कांग्रेसले जनाएको छ। गान्धीसहित प्रहरीले कांग्रेस नेता दीपेन्द्र हुड्डालाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई आधा घण्टा हिरासतमा लिएर छाडिएको बताइएको छ। आन्दोलनका क्रममा मारिएका किसान परिवारलाई भेट्न जाने क्रममा पक्राउ गरिनु गैरलोकतान्त्रिक भन्दै विरोध भइरहेको छ।

भारतीय किसान यूनियनले लखिमपुरमा आइतबार भएको हिँसापछि आज देशभर विरोध प्रदर्शन गर्दैछ। यूनियनले कृषि कानूनको विरोधमा आज ‍देशभर सबै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दैछ।

आइतबारको हिँसापछि छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, पञ्जाबका उपमुख्यमन्त्री सुखजिंदर सिँह रंधावा, कांग्रेसका नेता तथा कार्यकर्ताहरू किसान आन्दोलनलाई समर्थन गर्न आज लखिमपुर जाँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved