जबज अब सिद्धान्त भइसक्यो : बादल

नेपालभ्युज

जबज अब सिद्धान्त भइसक्यो : बादल

काठमाडौं। नेकपा (एमाले)का नेता रामबहादुर थापा बादल वैचारिक लाइन ‘जनताको बहुदलीय जनवाद’ अब सिद्धान्त भइसकेको बताएका छन्।

एमालेभित्रैका घनश्याम भुसाललगायतका नेताले पार्टीको वैचारिक धारको राम्ररी समीक्षा गर्नुपर्ने बताइरहेका छन्। शुक्रबारदेखि गोदावरीमा हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी धारबाट आएका थापाले भने जबजको राम्रो बचाउ गरेका हुन्।

मदन भण्डारीको परिकल्पनामा आएको विचार अब व्यवहारले सिद्धान्त भइसकेको उनको दाबी थियो। ‘‘जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो, विचारधारा भनेर जाने कि कार्यक्रम मात्र हो भन्ने पनि छ’’ जबजलाई अब नयाँ ढंगले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने उनले बताए।

यसैगरी उनले प्रतिनिधिसभा विघटन घटना सही थियो भन्ने नै पार्टीको आधिकारिक मत भएको बताएका छन्। प्रतिनिधिसभा विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहे पनि एमालेको आधिकारिक धारणा भने संसद विघटन ठिक नै थियो भन्ने रहेको उनको प्रस्टोक्ति थियो। थापाले भने, ‘‘दलभित्र मत अभिमतहरू हुन्छन्। तर संसद् विघटन सही थियो भन्ने पार्टीको आधिकारिक निर्णय हो।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved