ट्रकको ठक्करबाट बस पर्खिरहेका आमाछोराको मृत्यु

प्रहरीका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो।

नेपालभ्युज

ट्रकको ठक्करबाट बस पर्खिरहेका आमाछोराको मृत्यु
सांकेतिक तस्वीर

बुटवल। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमाछोराको ज्यान गएको छ।

ट्रकको ठक्करबाट सैनामैना नगरपालिका ५, बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जनाएको छ।

प्रहरीका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved