रुपन्देहीबाट लागूऔषधसहित ६ जना पक्राउ 

उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउन सुगर बरामद गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए।

नेपाल भ्युज

रुपन्देहीबाट लागूऔषधसहित  ६ जना पक्राउ 
बुटवल। लागुऔषधसहित रुपन्देहीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका–३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका–१० का २१ वर्षीय रवीन्द्रकुमार रावत रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउन सुगर बरामद गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए। सिद्धार्थनगर नगरपालिका–६ स्थित महावीरपथबाट प्रहरीले बा ३ प २७३९ र लु ३१ प २६१२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरेको हो।
यसै गरी, प्रहरीले लागु औषधसहित रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट लु ४ प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका–१६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए। उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ।
यस्तै, मायादेवी गाउँपालिका–५ मा लु ४४ प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विनरोफ नामक २९ बोतल लागु औषधसहित मायादेवी–६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सो कार्यालयले जनाएको छ। लागुऔषधविरुद्धको कारबाहीमा गत वैशाखयता प्रहरीले रुपन्देहीबाट ६१ पुरुष र पाँच महिलालाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved