बुटवल अविरल वर्षा

पहिरोमा पुरिए थप तीन घर, उद्वारका लागि आर्मी परिचालन

यसअघि गएको भदौ १३ गते पहिरोमा परी सोही ठाउँका ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।

पहिरोमा पुरिए थप तीन घर, उद्वारका लागि आर्मी परिचालन

बुटवल। अविरल वर्षाका कारण बुटवल ३ ज्योतिनगरमा पहिरोले थप तीन वटा घर पुरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले आज बिहान १० बजे खसेको पहिरोले थप तीन घर पूर्ण रूपमा पुरेको जानकारी दिए। बाँकी १ दर्जन भन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको उनले बताए। ज्योतिनगरमा उद्धारका लागि आर्मी परिचालन गरिएको छ।

सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न थालेको हो। निरन्तर पानी परि रहेकोले अहिले पनि उक्त क्षेत्रमा ढुङ्गा सहितको लेदो झरी रहेको प्रहरीले बताएको छ। यसअघि गएको भदौ १३ गते पहिरोमा परी सोही ठाउँका ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।

No description available.

ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो। त्यतिवेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।

No description available.

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उनले जानकारी दिए।

No description available.

पहिरोले सडकमा क्षति पुर्‍याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोलहरु पनि बगाएको छ।

No description available.

बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिङ्गो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved