कुटिए बुटवलका मेयर (भिडिओसहित)

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मदन कुँवरले आक्रोशित स्थानीयले मेयरमाथि हातपात गर्न खोजेको र घटनाबारे छानबिन भइरहेको बताए ।

नेपालभ्युज

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीमाथि आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मदन कुँवरले आक्रोशित स्थानीयले मेयरमाथि हातपात गर्न खोजेको र घटनाबारे छानबिन भइरहेको बताए ।

प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले जानकारी दिए । उनले भने, “आक्रोशित केही व्यक्तिहरुले घटना घटाएका हुन् । कसरी भयो भन्नेमा छानबिन भइरहेको छ ।”

दुई साताअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आइतबार साँझदेखि परेको वर्षाका कारण ज्योतिनगरमा फेरि लेदो बग्न थालेपछि अवलोकनमा गएका मेयरमाथि एक स्थानीयले आक्रमणको प्रयास गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved