बेइजिङ डायरी

चीनको खोप कूटनीति

यस वर्षको अन्तसम्ममा विकासोन्मुख मुलुकहरूलाई दश करोड डोज कोभिड खोप अनुदान दिने पनि घोषणा गरेपछि ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरू चीनप्रति थप आशावादी भएका छन्।

चीनको खोप कूटनीति

हिजोआज चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै पनि देशका समकक्षीलाई टेलिफोन गर्दा एउटा प्रसंगलाई कहिल्यै छुटाउँदैनन्। उनले भन्ने गरेका छन्, “कोभिडविरुद्ध युद्धमा सहकार्य जारी राख्नुपर्छ र मात्र यसलाई जित्न सकिन्छ।” गत अप्रिल २७ मा उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोनवार्तामा पनि त्यही कुरा दोहोर्‍याएका थिए।

‘कोभिडविरुद्धको सहकार्य’ यतिबेला चीनको कूटनीतिक पर्याय बनेको छ। चिनियाँ राष्ट्रपति सीले जस्तै अन्य चिनियाँ नेताहरू प्रधानमन्त्री ली खछ्याङ, परराष्ट्रमन्त्री वाङ यी लगायतले औपचारिक तथा अनौपचारिक संवादमा यो वाक्यांश अनिवार्य प्रयोग गर्छन्।

‘कोभिड विरुद्धको सहयकार्य’ सबै मुलुकको उत्तिकै महत्व रहने भए पनि चिनियाँ ‘ब्राण्ड’ नै हुनुपर्ने केही उल्लेख्य कारण छन्।

सबैभन्दा पहिले चीनले आफ्नो भूमिभित्र कोभिड नियन्त्रण गर्न सफल भयो। त्यसपछि उसले विश्वभरका सयौँ राष्ट्रहरूलाई कोभिड नियन्त्रणमा सहयोग गर्न थाल्यो।

मास्क, पिपिई, पञ्जा, अक्सिजन कन्सन्ट्रेटर, सेनिटाइजर, चस्मालगायत महामारी नियन्त्रणका सामग्री आपूर्ति गर्ने मुलुकमा चीन एक्लैले दुई तिहाईभन्दा बढी हिस्सा लियो। चीनले एउटा मुलुकका लागि पठाएको सामग्री बीच बाटोमै लुट्ने काम गरेर अमेरिका उल्टो बदनाम भयो। भारतमा कोरोनाको दोस्रो लहर चलेर अस्तव्यस्त हुँदा चीन आफैँले सहयोग लिनलाई पत्राचार गर्‍यो।

कोरोनाविरुद्ध खोप बनाउने काम हुँदै गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपमाथि कुनै पनि मुलुकको स्वामित्व अधिकार ‘कपिराइट’ हुनु नहुने घोषणा गरे। सीको घोषणालाई चीनले इमानदारीका साथ कार्यान्वय गर्ने भन्दै विकासोन्मुख र गरिब मुलुकलाई प्राथमिकताका साथ खोपको पहुँच दिलाउने पनि चीनले नै घोषणा गरेको हो।

एकातिर चीनले विकासोन्मुख मुलुकमा महामारी नियन्त्रणमा सहयोग र सहकार्य गरिरह्यो भने अर्कातिर अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई असहयोग गर्ने नीति अँगाल्यो। सन् २०२० को सुरुमा जब विश्वमा कोभिड महामारी फैलिन थाल्यो तब अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग हुने निर्णय गर्‍यो। उसले संगठनलाई दिँदै आएको आर्थिक सहयोग पनि रोक्यो।

चीनले चाहिँ संगठनलाई दिने सहयोगमा वृद्धि गर्‍यो। विश्व स्वास्थ्य संगठन चिनियाँ प्रभावमा रहेको आरोप लगाउँदै अमेरिकाले उक्त कदम चालेको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई बारम्बार ‘चाइनिज भाइरस’ भनेर चीनलाई होच्याउने काम गरे। कोरोना महामारी शुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि चीनअमेरिका व्यापार युद्ध चलेको थियो। व्यापार युद्धको राप बढिरहेका बेला कोरोना महामारी देखिँदा भाइरसलाई चीनका विरुद्ध प्रयोग गर्ने एउटा अवसरका रुपमा अमेरिकाले दुरुपयोग गर्‍यो।

अमेरिकाको उक्त कदमलाई विश्व स्वास्थ्य संगठनले विरोध गरेपछि अमेरिकाले संगठनलाई असहयोग गर्ने नीति लिएको थियो। जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका संगठनमा फर्किएको छ तैपनि चीन र अमेरिकाबीचको द्वन्द्व कायम छ।

कोरोना महामारीलाई विश्वबाट निर्मुल गर्न अमेरिकी असहयोग नै सबैभन्दा ठूलो बाधक बनेको ठम्याइ चीनको छ। भाइरसलाई वैज्ञानिक तबरबाट नहेरेर यसमाथि अमेरिकाले राजनीति गरेको चीनले ठम्याइ छ।

कोरोना महामारी फैलिएपछि विश्वमा चीन एक्लिन सक्ने अनुमान अमेरिकाले गरेको थियो। अमेरिकी सोचाइको विपरीत कोरोना महामारीपछि विश्वमा चीनको प्रभाव झन् बढेको छ। त्यसमाथि कोरोना विरुद्धको खोप चीनले आपूर्ति गर्न थालेपछि विश्वका विकासोन्मुख मुलुकहरू पूरै चीनप्रति आशावादी भएका छन्।

महामारीभन्दा अगाडि अमेरिकाले व्यापार संरक्षणवाद, एकात्मकवादलगायत नीति अँगालेको भन्दै चीनले अमेरिकी नीतिको आलोचना गर्दै आएको छ। कोरोना महामारी नियन्त्रणमा पनि अमेरिकी नीति एकात्मक र आफ्नो स्वार्थ मात्र हेर्ने रहेको चीनको आरोप छ अमेरिकामाथि।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले हतियार, राजनीतिक हस्तक्षेप, मानवअधिकार र प्रजातन्त्रका नाममा प्रभुत्व फैलाएको थियो। पछिल्लो समय इराक, अफगानिस्तान, सिरियालगायत देशमा आक्रमण गरेर अन्तर्राष्ट्रिय समाजमा अमेरिका आलोचित हुँदा अमेरिकाको उक्त प्रभाव चीनतिर सर्न थाल्यो। पूर्वाधार निर्माण, विकासमा सहकार्य, लगानीलगायत माध्यमबाट चीनले आफ्नो प्रभाव विस्तार गरेपछि अमेरिकाले चीनको विकास रोक्न विभिन्न प्रयास गर्दै आएको छ।

कोरोना महामारी फैलिएपछि विश्वमा चीन एक्लिन सक्ने अनुमान अमेरिकाले गरेको थियो। अमेरिकी सोचाइको विपरीत कोरोना महामारीपछि विश्वमा चीनको प्रभाव झन् बढेको छ। त्यसमाथि कोरोना विरुद्धको खोप चीनले आपूर्ति गर्न थालेपछि विश्वका विकासोन्मुख मुलुकहरू पूरै चीनप्रति आशावादी भएका छन्।

सेप्टेम्बर ९ मा ब्रिक्सको १३ औँ शिखर बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘सहकार्य गरी संयुक्त चुनौतीको सामना’ विषयमा मन्तव्य राखे। सम्बोधनमा उनले विकासोन्मुख मुलुकमा खोपको वितरणका लागि कोरोना प्रतिरोध खोप कार्यान्वयन योजना (कोभ्याक्स) लाई दश करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गरे।

यस वर्षको अन्तसम्ममा विकासोन्मुख मुलुकहरूलाई दश करोड डोज कोभिड खोप अनुदान दिने पनि घोषणा गरेपछि ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरू चीनप्रति थप आशावादी भएका छन्।

धेरैजसो विकासोन्मुख मुलुकमा सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर अवस्थामा छ। त्यसमाथि खोपको अभावलगायत कारणले महामारीको सामना गर्न कठिन हुन गएको छ। अन्तर्राष्ट्रिय चिकित्सा विज्ञानसम्बन्धी जर्नल ‘ल्यान्सेट’ अन्तर्गत कोभिड-१९ समितिका अध्यक्ष तथा अमेरिकी अर्थशास्त्री जेफ्री सक्सले मलेशियाली सञ्चारमाध्यम‘द स्टार्स’लाई अन्तर्वाता दिँदै विकासोन्मुख मुलुकले कम सहयोग पाएकै कारण कोभिड-१९ महामारी विश्वव्यापी रूपमा फैलिनुको मुख्य कारणमध्ये एक भएको बताएका छन्।

एक महिना अगाडि चिनियाँ राष्ट्रपति सीले कोरोनाप्रतिरोधी खोप सहयोग अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्दै चालु वर्षभित्र चीनले विश्वलाई दुई अर्ब डोज खोप प्रदान गर्ने घोषणा गरेका थिए।

आफ्नो घोषणालाई चीनले क्रमशः कार्यान्वय गर्दै आएको छ। सेप्टेम्बर पहिलो सातासम्ममा चीनले १०५ वटा देश तथा ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई अनुदानमा खोप प्रदान गरेको छ।

यसैगरी ६० भन्दा बढी मुलुकलाई ९९ करोड डोज खोप चीनले बिक्री गरेको छ। सहयोग र बिक्री दुवै तथ्यांकमा चीन पहिलो रहँदै आएको छ।

नेपालले पनि चीनबाट अनुदानमा १८ लाख डोजभन्दा बढी खोप प्राप्त गरिसकेको छ। चीनबाट खरिद गरेको खोप नेपालले अहिले पनि ओसारिरहेको छ। चीनले आफ्ना छिमेकी मुलुकलाई मात्र नभई अमेरिकाका छिमेकी मुलुकलाई पनि खोप आपूर्ति गरेको छ।

अमेरिका नजिकैको मुलुक मेक्सिकोलगायत दक्षिण अमेरिकी मुलुक सबैले चिनियाँ खोप लिएका छन्। तीव्र गतिमा चीनले खोप आपूर्ति गर्न थालेपछि अमेरिकाले चीनको खोप अभियानलाई ‘खोप कूटनीति’ भनेर आलोचना गर्न थालेको छ।

वर्तमान दुनियाँमा देखिने शक्ति ‘हार्डपावर’ र लुप्त शक्ति ‘सफ्टपावर’ मार्फत प्रभाव बढाउने काम शक्तिशाली मुलुकहरूले गर्दै आएका छन्। हार्डपावरमा हतियार र पैसा तथा राजनीतिक प्रणालीमाथिको हस्तक्षेप हुने गर्छ भने सफ्टपावरमा सांस्कृति आदानप्रदान, भाषाको प्रवर्द्धन, चलचित्र तथा गीत संगीत, विकासमा साझेदारी रहने गरेका छन्। पछिल्लो समय चीनले खोप मार्फत विश्वमा आफ्नो प्रभाव विस्तार गरेको कुरा केही हदसम्म सत्य हो।

यसलाई सकारात्मक रुपमा खोप कूटनीति पनि भन्न सकिएला। तर, चीनले ‘खोप कूटनीति’ शब्दको प्रयोग गरेको छैन। बरु यो शब्दको चीनले विरोध गर्दछ। अमेरिकाले भाइरसलाई राजनीतिकरण गरेजस्तै चीनको पवित्र अभियानलाई ‘खोप कूटनीति’ भनेर अमेरिकाले चीनमाथि हिलो छ्यापेको गुनासो चीनले गरेको छ।

चीनले खोप आपूर्ति गरेर त्यसको सट्टामा निश्चित सौदाबाजी गरेको भए, दबाब दिएर आफ्नो स्वार्थ पूर्ति गरेको भए, कुनै देशको अहितमा काम गरेको भए त्यसलाई खोप कूटनीति भन्न सकिन्थ्यो। आफूले भनेको खोपको सर्वाधिकार ‘पेटेन्ट राइट’ समेत नलिइकन सार्वजनिक वस्तु घोषणा गरेर चीनले सदासयता देखाएको छ।

चीनले खोपमा कसैसँग प्रतिस्पर्धा नगर्ने तर सहकार्य गर्ने कुरालाई दोहोर्‍याउँदै आएको छ। अमेरिका र क्यानाडाले आफूलाई चाहिनेभन्दा बढी खोप भण्डारण गरेर बाँकी विश्वलाई एक्ल्याएको चीनले बताएको थियो। विकासोन्मुख खुलुकमा फाइजर जस्ता खोप भण्डारण गर्ने पूर्वाधार नभएका कारणले पनि चिनियाँ खोप सबैतिर लोकप्रिय बनेको हो। चीनको यो कार्यबाट नेपालले पनि राम्रो लाभ प्राप्त गरेको छ।

नेपालमा चीनभन्दा पहिले भारतले अनुदानमा कोभिड खोप दिएको थियो। पछि भारतमा कोरोनाको दोस्रो लहर चलेपछि नेपालले किनेको खोप पनि समयमा प्राप्त गर्न सकेन। चीनबाट खरिद गरेको खोप भने नेपालले प्रयोग गरिरहेको छ। चिनियाँ नेताहरूले समय समयमा नेपाली नेतासँगको टेलिफोन वार्तामा चीनले खोप अनुदानलाई वृद्धि गर्दै आएको छ।

यतिबेला नेपालमा कोभिड महामारीलाई केही हदसम्म नियन्त्रण गर्नका लागि चिनियाँ खोप नै वरदान साबित भएको छ। नेपालले पनि चिनियाँ खोप र चीनको अभियानलाई साथ दिँदै आएको छ।

अमेरिकाले भाइरस उत्पत्तिको खोजी गर्ने कुरामा चीनको वुहानस्थित प्रयोगशालामाथि फेरि छानबिन हुनुपर्ने माग गरेपछि दुई देशबीचको विवाद चुलिएको हो। विश्व स्वास्थ्य संगठनले एकपटक वुहान प्रयोगशालाको छानबिन गरी कोरोना भाइरस त्यहाँबाट नचुहिएको पुष्टि गरिसकेको अवस्थामा गुप्तचर संस्थालाई हवाला दिँदै अमेरिकाले वुहानबाट भाइरस चुहिएको बताएको थियो।

भाइरस चुहावट र उत्पत्तिको जाँचबुझ वैज्ञानिक विधिबाट हुने चीनको अडान छ। अमेरिकी गुप्तचर संस्था राजनीतिक भएकाले भाइरसमा अमेरिकाले राजनीतीकरण गरेको चीनले आरोप लगाएको हो।

भाइरस उत्पतिको खोजबिनमा अमेरिकी रवैयाप्रति चीनले गरेको विरोधलाई नेपालले पनि समर्थन गरेको छ। गत साउन ३२ गते सोमबार काठमाडौँस्थित चिनियाँ दूताबासले एक विज्ञप्ति जारी गर्दै नेपालले चीनप्रति देखाएको ऐक्यबद्धताप्रति धन्यवाद दिएको हो। नेपालले कोरोना उत्पत्तिसम्बन्धी विषयमा सधैं निष्पक्ष अडान लिएर चीनलाई महत्वपूर्ण समर्थन गरेको उक्त विज्ञप्तिमा जनाइएको छ।

यसलाई सकारात्मक रुपमा खोप कूटनीति पनि भन्न सकिएला। तर, चीनले ‘खोप कूटनीति’ शब्दको प्रयोग गरेको छैन। बरु यो शब्दको चीनले विरोध गर्दछ। अमेरिकाले भाइरसलाई राजनीतिकरण गरेजस्तै चीनको पवित्र अभियानलाई ‘खोप कूटनीति’ भनेर अमेरिकाले चीनमाथि हिलो छ्यापेको गुनासो चीनले गरेको छ। 

चीनले कोभिडको उत्पत्तिका विषयमा विज्ञानमा आधारित प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ। उसले यो विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेको छ। चीनले यस विषयमा नेपालसँग मिलेर काम गर्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ।

सो विज्ञप्ति अनुसार चीनले नेपाललाई सहयोग तथा खरिद प्रक्रियामार्फत ७० लाख डोज खोप उपलब्ध गराइसकेको र नेपालको हकमा चीन एक नम्बर आपूर्तिकर्ता बनेको छ। चीनले कोरोनाविरुद्धको सहयोगलाई अझ सशक्त बनाउने र आफ्नो क्षमताअनुसार नेपाललाई थप खोप पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

चीनले भनेअनुसार खोप कूटनीति अँगालेको त छैन र नेपालजस्तो छिमेकी मुलुकलाई भने चिनियाँ खोप वरदान सावित भएको छ।


Comment

One thought on “चीनको खोप कूटनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved