उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिराख्छ ?

नागरिक भोका भए पनि कहिलेकाहीँ सत्ता पक्षले आफ्नो देशमा गर्व गर्न लायक कुरा छ भनेर आफ्ना देशका नागरिकलाई देखाउन खोज्छ। दुश्मनविरुद्ध एकबद्ध हुन आग्रह गर्छ।

नेपालभ्युज

उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिराख्छ ?

काठमाडौं। पछिल्लो ४० वर्षमा उत्तर कोरियाले १५० वटा क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ। यो शक्ति प्रदर्शनले उक्त देशमाथि संयुक्त राष्ट्रसंघलाई अझ कडा नाकाबन्दी लगाउन उद्वेलित गरेको छ।

यदि क्षेप्यास्त्रको लागि धेरै मूल्य चुकाउनुपर्छ भने किन क्षेत्रप्यास्त्र प्रक्षेपण गरिराख्छ ? उत्तर कोरियाका वैज्ञानिकरूले किम जोन उनको निर्देशनमा दर्जनौँ नयाँ हतियारहरू उत्पादन गरेका छन्।

यी क्षेप्यास्त्रहरूको गति दू्रत छ र तिनीहरू शक्तिशाली पनि छन्। प्योङयाङ यी हतियारहरूलाई बहुमूल्य मान्छन्। साथै हुनसक्ने आक्रमणबाट आफुलाई बचाउन प्योङयाङ सहर (उत्तर कोरियाको राजधानी) लाई यी क्षेप्यास्त्रको आवश्यकता परेको दावी गर्छ।

दक्षिण कोरियासँग कुनै आणविक हात हतियारहरू छैनन्। तर यसको मित्र राष्ट्र अमेरिकासँग भने ति आणविक हातहतियार छन्। यो एक सुरक्षा हो, जसलाई ‘आणविक छाता’ भनिन्छ। दक्षिण कोरियामा अमेरिकाका २८ हजार सैनिक रहेका छन्। उत्तर कोरियाले यी दुई देशका सैनिकबीचको अभ्यासलाई सूक्ष्म अध्ययन गरिरहेको छ।

अमेरिका र दक्षिण कोरियाका सैनिकले उत्तर कोरियामाथि युद्ध गर्न उक्त अभ्यास गरिरहेको उत्तर कोरियालाई लाग्छ। त्यसैको जवाफ दिन बेलाबेलामा क्षेप्यास्त्र परीक्षण गरिरहन्छ।

उत्तर कोरियाका नेतृत्वले नागरिकलाई एकत्रित गर्न हतियारको प्रयोग गर्छन्। त्यहाँका मिडियाका क्षेप्यास्त्र परीक्षणका समाचारहरू आफ्नै नागरिकप्रति लक्षित हुन्छन्, जब समय कठिन हुन्छ।

उत्तर कोरियाका आर्थिक अवस्था भयावह छ। उत्तर कोरियामा कोभिड-१९ को महामारीपछि मित्रराष्ट्र चीनबाट आपूर्ति कम भयो। किम जोङ उनले यसबारे हालसालै भएको सैनिक परेडको समयमा क्षमायाचना गर्दा उनका आँखा आँशुले भरिएका थिए।

नागरिक भोका भए पनि कहिलेकाहीँ सत्ता पक्षले आफ्नो देशमा गर्व गर्न लायक कुरा छ भनेर आफ्ना देशका नागरिकलाई देखाउन खोज्छ। दुश्मनविरुद्ध एकबद्ध हुन आग्रह गर्छ।

उत्तर कोरिया आफूलाई आफ्नो देशका नागरिक, अमेरिका र विश्वका अन्य देशले गम्भीरतापूर्वक लिइदिओस् भन्ने चाहन्छ। राष्ट्रपति किम भन्छन्, “अमेरिकाले युद्ध गराउन जतिसुकै आणविक हातहतियारको लहर ल्याए पनि अहिले हामीसँग बलियो शक्ति छ।”

बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved