विक्रम सोबले बनाए ओडीआई डेब्यूको पहिलो बलमै रेकर्ड !

नेपालभ्युज

विक्रम सोबले बनाए ओडीआई डेब्यूको पहिलो बलमै रेकर्ड !

काठमाडौं। नेपालका तीव्र गतिका बलर विक्रम सोबले ओडीआई करियरको सुरुवात उत्कृष्ट ढङ्गबाट गरेका छन्। उनले डेब्यू म्याचमा रेकर्ड बनाएर खेल सुरुवात गरेका छन्।

पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न पाएका २९ वर्षीय सोबले डेब्यू खेलको पहिलो बलमै विकेट लिए। ओडीआईको डेब्यू खेलको पहिलो बलमै विकेट लिने सोब नेपालको पहिलो खेलाडी बनेका छन्।

इनिङको दोस्रो ओभरमा बलिङ गर्न आएका सोबले आफ्नो पहिलो बलमै पीएनजीका ओपनर टोनी उरालाई बोल्ड आउट गरे। उरा पीएनजीका प्रमुख ब्याटस्म्यान हुन्।

नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो पहिलो रेकर्ड हो। त्यसैगरी अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यू खेलको पहिलो बलमै विकेट लिने उनी विश्वभरमा २८ औँ खेलाडी बने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved