कक्षा १२ को परीक्षा भदौ ३० बाट

नेपालभ्युज

कक्षा १२ को परीक्षा भदौ ३० बाट

काठमाडौं । यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको हो। साथै बोर्डले परीक्षाको तालिकासमेत प्रकाशित गरेको छ। यसअघि कोभिड संक्रमण जोखिको कारण देखाउँदै दुई पटक कक्षा १२को परीक्षा स्थगित भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved