कांग्रेसको शिक्षा नीति : शिक्षक अस्पताल व्यवस्था गरिनुपर्ने

नेपालभ्युज

कांग्रेसको शिक्षा नीति : शिक्षक अस्पताल व्यवस्था गरिनुपर्ने

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो पार्टीको शिक्षा नीति सार्वजनिक गरेको छ। सो पार्टीको शिक्षा विभागले तयार गरेको नीति पार्टी मुख्यालय ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित कार्यक्रममार्फत नीति सार्वजनिक गरेको हो।

नीति कांग्रेसको भ्रातृ संगठन शिक्षा विभागले यो तयार पारेको हो। सार्वजनिक नीति पार्टीको आसन्न १४ औं महाअधिवेशनबाट पारित गरेपश्चात् कार्यान्वयनमा ल्याइने शिक्षा विभागका सचिव कृष्ण पौडेलले जानकारी दिए। महाधिवेशनपश्चात् पुरानो नीति खारेज हुनेछ।

नयाँ प्रतिवेदनमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्दै भौचरलगायत व्यवस्था गर्न र ज्ञान तथा ज्ञान अर्थ व्यवस्थामा आधारित शिक्षा प्रणाली बनाई प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने समेत उल्लेख गरिएको छ।

हरेक विद्यालयमा विज्ञान प्रविधि इन्जिनियरिङ र गणित पाठ्यक्रमको आधारमा पढाइने, उच्च शिक्षा हासिल गरेका स्नातक तह उत्तीर्णलाई सीधैं शिक्षण तथा प्राध्यापन पेशामा प्रवेश गर्ने वातावरण मिलाइने सचिव कृष्ण पौडेलले बताए।

उनले भने, “प्रतिभाको खोजी गर्न राष्ट्रिय प्रतिभा खोज निर्देशनालयको स्थापना गर्न, विद्यालय तहमा एकै प्रकारको शिक्षक दरबन्दी व्यवस्था गर्नुपर्ने व्यवस्था समेटेका छौं।”

त्यस्तै, शिक्षक सेवा आयोगलाई थप सुदृढ गरी स्वायत्त आयोगको रुपमा विकास गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्नेलगायत व्यवस्था समेट्न नीतिमा समेट्न सुझाइएको छ।

शिक्षकको वृत्ति विकासका लागि डिजिटल लाइब्रेरी, उद्यमशिलतासम्बन्धी सीप लगायतमा जोड दिन, विद्यालय वरिपरि तीन सय मिटरको आसपासमा सुर्ती तथा मदिराजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमा रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved