फेरिए नेपाल आइडलका निर्णायक

नेपालभ्युज

फेरिए नेपाल आइडलका निर्णायक

काठमाडाैं : नेपाल आइडल सिजन ४ को निर्णायकहरू फेरिएका छन्।

नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन्। संगीतकार बाँस्कोटाले नेपाल आइडलको निर्णायक हुन पाउँदा आफूलाई गर्वको महसुस भएको बताएका छन्। त्यसैगरी गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफूहरूलाई खुसी लागेको प्रतिक्रिया दिए।

यसअघि लगातार तीन संस्करणमा संगीतकार न्यूह बज्राचार्य, गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी थिए। आयोजकले केही समयअघि प्रतियोगिताका निर्णायकहरू फेरिने बताइसकेको थियो। साथै यो सिजनमा आशिफ साहसँगै प्रस्तोतामा मोडल रेश्मा घिमिरे पनि जोडिएकी छन्।

प्रतियोगिता एपिवान् टेलिभिजनमार्फत प्रसारण हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved