गायक प्रमोद खरेललगायतको उजुरीबाट पक्राउ परेका विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध संगीतसम्बद्ध ६ संस्थाले विज्ञप्ति निकालेका छन्। स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै उजुरीकर्ताको समर्थन गरेका छन्।