विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

नेपालभ्युज

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं। विदेशबाट फर्कँदै गरेका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

साइबर अपराधसम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउबारे सबै कुरा बाहिर नआए पनि केही गायक गायिकासँग उनको विवाद रहेको समेत बुझिएको छ।

उनको फेसबुकमा केही गायक–गायिकाको हस्ताक्षर समेत भएको कागजात राखिएको र कुन प्रयोजन वा विषयमा राखिएको भन्ने पनि स्पष्ट छैन । सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनीविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved