हेर्दाहेर्दै अल्फाबिटाको अवैध संरचना भत्कियो

नेपालभ्युज

हेर्दाहेर्दै अल्फाबिटाको अवैध संरचना भत्कियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरी भत्काएको छ ।

नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चालन गरेको ठहर गरेपछि बालेन डोजर लिएर त्यहाँ पुगेका थिए ।

आज बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved