भारतीय शेयर बजारका ‘बादशाह’ झुनझुनवालाको निधन

भारतीय शेयर बजारका निकै चर्चित खेलाडी झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भएको एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । 

नेपालभ्युज

भारतीय शेयर बजारका ‘बादशाह’ झुनझुनवालाको निधन
तश्वीर : एनडीटीभी

काठमाडौं। चर्चित भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन भएको छ ।  भारतीय शेयर बजारका निकै चर्चित खेलाडी झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा मुम्वइको एक अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गरेका थिए । उनले सन् १९८६ मा  सेयर बजारबाट पहिलो पटक नाफा कमाएका थिए । उनले ५ हजार रुपैयाँको सेयर लगानी गरेर टाटा टिको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गरेर ३ महिनापछि १४३ भारतीय रुपैयाँमा बिक्री गरेका थिए । उनको पछिल्लो ९ वर्षमा नेटवर्थ ४ गुणाले बढेको थियो । झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो ।

उनले हालैमात्र आकाशा एयरको सुरुवात गरेका थिए ।  झुनझुनवालाले टाइटन, स्टार हेल्थ, मेट्रो ब्राण्ड, टाटा मोटर्स, क्रिसिल लगायतका कम्पनीमा लगानी गरेका थिए । सन् २०१७ टाइटन कम्पनीको सेयर तीव्र गतिमा बढ्दा एकैदिन ९ अर्ब भारतीय रुपैयाँ कमाएका थिए । झुनझुनवाला भारतका ३६ औं धनी व्यक्ति हुन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved