माओवादी केन्द्रका १ सय जना एमालेमा प्रवेश

बर्दिया जिल्लाबाट नेकपा माओवादी केन्द्र प्रदेश कमिटीमा रहेका निवर्तमान नगर प्रमुख तथा उपप्रमुखहरू एमालेमा प्रवेश गरेका छन्।

नेपालभ्युज

माओवादी केन्द्रका १ सय जना एमालेमा प्रवेश

बर्दिया। बर्दिया जिल्लाबाट नेकपा माओवादी केन्द्र प्रदेश कमिटीमा रहेका निवर्तमान नगर प्रमुख तथा उपप्रमुखहरू एमालेमा प्रवेश गरेका छन्।

मंगलबार राजापुरमा आयोजित कार्यक्रममा बर्दिया जिल्लाको राजापुर नगरपालिकाका निवर्तमान मेयर शिव प्रसाद थारु र मधुवन नगरपालिकाकी उपप्रमुख शुभरानी थारु नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरु दुवै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन्।

त्यसैगरी माओवादी केन्द्रकै लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ति चौधरी, सुरेश भुल, राम बहादुर थारु एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्र जिल्ला कमिटी र नगर कमिटीमा रहेका राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकाबाट गरी करिब एक सय जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव शंकर पोख्रेलले राष्ट्र र राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने एउटा मात्रै नेकपा एमाले पार्टी भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved