किशोरीलाई बलात्कार गरेको अभियोगमा कराँतेका दुई प्रशिक्षक पक्राउ

नेपालभ्युज

किशोरीलाई बलात्कार गरेको अभियोगमा कराँतेका दुई प्रशिक्षक पक्राउ
सांकेतिक तस्वीर

विराटनगर । मोरङमा एकजना किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा कराँतेका दुई जना प्रशिक्षक पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउत पक्राउ परेका हुन् । उनीहरुले एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

किशोरीले होटलमा लगेर आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ र सुवेदी संखुवासभाका कराँते प्रशिक्षक हुन् ।

दुई महिनादेखि किशोरी कलेज जान छाडेपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कार भएको खुलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved