काठमाडौं। नागरिक लगानी कोषले ब्याजदरमा वृद्धि गरेको छ।
२०७९ साउन १ देखि लागू हुनेगरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने कोषले जनाको छ।
यसअघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढी सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो।
त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय भएको छ।
साे प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने छ। उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ।
Facebook Comment
Comment