भ्रामक सूचनाबारे सचेतना फैलाउँदैछिन् शुष्मा

तालिम लिएपछि उनी गाउँका अरू साथी र भाइ बहिनीहरूलाई पनि सिकाउँदै आएकी छिन्। आफूले पनि सिकेको र सिकाउन पाउँदा आजभोलि निकै खुशी भएको उनी बताउँछिन् ।

नेपालभ्युज

भ्रामक सूचनाबारे सचेतना फैलाउँदैछिन् शुष्मा

काठमाडौं। शुष्मा मोते, सुनसरी, धरान १७ की बासिन्दा हुन्। कक्षा ११ मा पढ्दै गरेकी शुष्मालाई गत माघमा गाउँकै अग्रजहरूले एउटा तालिमबारे जानकारी दिए। सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी उनलाई अग्रजहरूले गलत सूचना, भ्रमित सूचना र घृणास्पद अभिव्यक्तिबारे भनेको कुरामा विशेष रुचि लाग्यो।

त्यसपछि शुष्मा प्लान इन्टरनेसनल, युथहब र युवालयको सहकार्यमा भएको उक्त पाँच दिने तालिम लिइन्। कम बोल्ने र लजालु स्वभाकी शुष्मालाई तालिमले जानकारी मात्रै दिएन हिम्मत पनि दियो।

उनी भन्छिन्, “म त्यति बेलासम्म कसैसँग बोल्न पनि डराउँथे। अहिले त्यो डर हराएको छ। मुख्य कुरा त मैले सामाजिक सञ्जालमा आउने सूचनाहरूको पहिचान कसरी गर्नेबारे सिक्ने मौका पाएँ।”

तालिम लिएपछि उनी गाउँका अरू साथी र भाइ बहिनीहरूलाई पनि सिकाउँदै आएकी छिन्। आफूले पनि सिकेको र सिकाउन पाउँदा आजभोलि निकै खुशी भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, “सामाजिक सञ्जालमा पाएका कतिपय सूचना झुठा हुन्छन्, कसैका स्वतन्त्र अभिव्यक्ति हुन्छन् भन्नेबारे मलाई थाहा नै थिएन। जथाभाबी शेयर गर्थेँ अनि जथाभाबी कमेन्ट गर्थेँ कतिपय अवस्थामा म एकदमै दुःखी पनि भएको छु। तर, अहिले अवस्था फेरिएको छ। मैले यी कुरा बुझेर खुशी भएको छु।”

उनले तालिम लिएपछि गत सूचना, भ्रामक सूचना र स्वतन्त्र अभिव्यक्ति हुन्छन् भने कुरा छुट्टाउने तरिका थाहा पाएका छन् भने गलत सूचनाबाट हुने नोक्सानी र त्यसबाट बच्ने कुराहरूबारे पनि थाहा पाएकी छन्।

उनले सामाजिक सञ्जाललाई जथाभाबी प्रयोग नगर्न सुझाव दिँदै भनिन्, “मैले मेरो व्यक्तिगत कुरा भनेर सामाजिक सञ्जालमा धेरै कुराहरू राखिरहेको हुन्छु। तर, त्यो धेरैले पढिरहेका हुन्छन्। त्यस कारण पहिलो कुरा त सामाजिक सञ्जाल चलाउनेले नै सही कुराहरू मात्रै शेयर गर्नुप¥यो भने शेयर र कमेन्ट गर्दा पनि विशेष ख्याल गर्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved