धरानका मेयर साम्पाङले आफ्नो सरकारी स्कर्पियो बेचेर सडक टाल्ने रोलर किन्दै

धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गरेर सडक पिच गर्ने रोलर किन्ने भएको छ। मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भइसकेको छ।

नेपालभ्युज

धरानका मेयर साम्पाङले आफ्नो सरकारी स्कर्पियो बेचेर सडक टाल्ने रोलर किन्दै

काठमाडौं। धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी स्कर्पियो बिक्री गरेर सडक पिच गर्ने रोलर किन्ने भएको छ। मेयरका लागि किनेको सरकारी गाडी स्कर्पियो बेचेर सडक टाल्ने रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भइसकेको छ।

बैठकमा मेयर हर्क साम्पाङले आफ्ना लागि भनिएको गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए। सो गाडी अघिल्ला मेयरले महँगो मूल्यमा किनेका थिए। तर उनी अहिलेसम्म सो गाडी चढेका छैनन्।

‘‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’’ मेयर साम्पाङले भने।

मेयर निर्वाचित भए पनि साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved