भुटानी शरणार्थीको पुनः गणना थालियो

घर फिर्ती वा पुनर्बसोबासको विकल्प टुङ्गिएका बेला गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले शिविर व्यवस्थापन समितिमार्फत गत असार १३ बाट दमकको बेलडाँगी शिविरबाट गणना थालिएको हो।

नेपालभ्युज

भुटानी शरणार्थीको पुनः गणना थालियो

काठमाडौं। पूर्वी नेपालको झापा–मोरङमा बसेका भुटानी शरणार्थीमाझ पुनः जनगणना शुरु भएको छ। घर फिर्ती वा पुनर्बसोबासको विकल्प टुङ्गिएका बेला गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले शिविर व्यवस्थापन समितिमार्फत गत असार १३ बाट दमकको बेलडाँगी शिविरबाट गणना थालिएको हो।

भुटानी शरणार्थीको तेस्रो देशमा पुनर्बसोबासको कार्यक्रम स्थगित भएको छ। शिविरमै अल्झिएर बसेका ६ हजार ३ सय ६५ शरणार्थीको ‘पुनःप्रमाणिकरण’का लागि गणना शुरु गरिएको जिल्लास्थित शरणार्थी समन्वय इकाईका एक अधिकारीले जानकारी दिए।

दमकस्थित शिविर समन्वय इकाईका दिलीप राईले यस बीचमा भएको जन्म, मृत्युको लगत पनि अद्यावधिक गर्नुपर्ने बताए। त्यही काम दमक (बेलडाँगी) र पथरी शिविरमा शुरु भएको हो।
नेपालबाट भुटानी शरणार्थी पुनर्वास कार्यक्रम टुङ्गिएपछि दमकमा रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको उपशाखा (कार्यालय) पनि बन्द भइसकेको छ।

झापा–मोरङका शिविरमा रहेकामध्ये झन्डै १ लाख १५ हजार शरणार्थी अमेरिका, बेलायत, अस्ट्रेलियासहितका युरोपेली मुलुकहरूमा पुनर्बसोबासमा गइसकेका छन्। अहिले जारी रहेको शरणार्थी गणनामा भुटानबाट ६ वर्षयता आएका वा भुटानमै राजबन्दी हैसियतमा जेल परेर सजाय मिनाहापछि परिवार खोज्दै शिविरमा आएका भुटानी शरणार्थीहरू भने नसमेटिने समन्वय इकाईका अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved