ओमप्रकाश पुनसहित विप्लव नेतृत्वको नेकपाका चार नेताले त्यागे पार्टी

ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका हुन्।

नेपालभ्युज

ओमप्रकाश पुनसहित विप्लव नेतृत्वको नेकपाका चार नेताले त्यागे पार्टी
फाइल तस्वीर

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार नेताले पार्टी परित्याग गरेका छन्।

ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका हुन्। अब कुन पार्टीमा जाने भन्नेबारे भने उनीहरुले खुलाएका छैनन्।

‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ’, उनीहरुद्वारा जारी सामूहिक विज्ञप्तिमा उल्लेख छ।

पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन्। यस्तै पूर्वकेन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved