काठमाडौँ। डिशहोमले थप चार ठाउँमा फाइबरनेट सेवा विस्तार गरेको छ। डिशहोमले हालै कलैया, लहान, भैरहवा र टौदहमा फाइबर विस्तार गरेको कम्पनीका बिक्री प्रवन्धक मनोज शर्माले बताए।
कम्पनीले यसअघि नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौँडा, ईनरुवा, ईटहरी, बर्दिबास, बुटवल, वीरगंज ,धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर लगायतका सहरमा फाइबरनेट सेवा दिइरहेको छ।
कम्पनीले नेपालगञ्ज, धनगढी र नारायणघाटमा सेवा विस्तारका लागि प्रक्रिया अघि बढाएको कम्पनीका बिक्री प्रवन्धक शर्माले जानकारी दिए।
कम्पनीले २०७८ असोज ११ गतेदेखि डिशहोम सेवा लिने नयाँ ग्राहकका लागि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तरगत चार जना भाग्यशाली ग्राहकलाई ‘लक्की ड्र’ मार्फत् स्पेन घुम्न जान पाउने योजना ल्याएको छ।
डिशहोमले सन् २०२० मा फाइबरनेट सेवा सुरु गरेको हो।
Facebook Comment
Comment