यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत निलम्बित

यौन दुर्व्यवहारको आरोप लागेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन्।

नेपालभ्युज

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत निलम्बित

काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन्।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका तालिम अधिकृत विजयकुमार झालाई परिषद्ले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।

पिडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन्। उनले दिएकाे निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि कर्मचारी प्रशासन विनियमावली अनुसार झामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएकाे छ।

यस विषयमा छानबिन समिति गठन गरिएको छ। झाले यसअघि पनि २०७६ सालमा महिला सहकार्मीमाथि दुर्व्यवहार गरेका थिए। त्यतिबेला उनलाई दुई महिना निलम्बन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved