बर्दिया। राजापुर नगरपालिकाका नवयुक्त नगर प्रमुख दिपेश थारूले पहिलो बैठकमै विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक तथा कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ।
मंगलबार बसेको बैठकले विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनीतिक दलमा आबद्ध रहेकाहरूले पद नछाडे कारबाही गर्ने निर्णय गरेको हो।
प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिनभित्र उक्त पद छाड्न निर्देशन दिएको नगर प्रमुख दिपेश थारूले बताए।
उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन दिएको समेत उनले बताए। उनी नेकपा माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचित भएका हुन्।

Facebook Comment
Comment