काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले नेपाल आयल निगम घेराउ गरेका छन्।
मूल्यवृद्धि खारेजीको माग गर्दै बुधबार बिहान निगम अगाडि सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेको हो।
यसअघि मंगलबार विद्यार्थी संगठनले संयुक्त रुपमा मूल्यवृद्धि फिर्ताको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। १२, जेठमा पनि विरोधको कार्यक्रम तोकिएको छ। बिहीबार साँझ ६ बजे काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने संगठनको कार्यक्रम छ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० तोकेको थियो।
तस्वीरहरु:
Facebook Comment
Comment