धादिङको खनियाँबासमा स्वतन्त्रलाई पराजित गर्दै गठबन्धनका तामाङ विजयी

नेपालभ्युज

धादिङको खनियाँबासमा स्वतन्त्रलाई पराजित गर्दै गठबन्धनका तामाङ विजयी

धादिङ । खनियाबास गाउँपालिका अध्यक्षमा गठबन्धको तर्फबाट कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा गठबन्धनकै तर्फबाटै नेकपा माओवादी केन्द्रका सेक्केमान तमाङ विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित रणबहादुर तामाङले १ हजार ६०९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रका फूलबहादुर तामाङले १ हजार ३९६ मत ल्याएका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रका तामाङले १ हजार ८ सय २७ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी राप्रपाका मरियम तामाङले १ हजार २२७ मत पाएकी छन्। यहाँ अघिल्लो पटक पनि रणबहादुर तामाले अध्यक्ष जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved