डोटीको पूर्वीचौकीमा कांग्रेसको ‘क्लिन स्वीप’

पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसले जित हासिल गरेकाे छ।

नेपालभ्युज

डोटीको पूर्वीचौकीमा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौं। डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ।

सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसले जित हासिल गरेकाे छ।

गाउँपालिकाको अध्यक्षमा पाँच हजार १३३ मत ल्याएर रामप्रसाद उपाध्याय निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले दुई हजार २०५ मत प्राप्त गरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ।

उपाध्यक्षमा निर्वाचित पशुपति खड्काले चार हजार ७२१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी शारदाकुमारी साउदले दुई हजार ४४४ मत ल्याएकी छिन्।

वडा नंं १ मा अङ्कबहादुर खड्का, २ मा योगेन्द्र ठकुल्ला, ३ मा खडक धामी ४ मा बलबहादुर खड्का, ५ मा खडक साउद, ६ मा पुष्प जोशी र ७ मा प्रेमबहादुर खड्का विजयी भएका छन्।

२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved