कैलाशका निवर्तमान अध्यक्ष मुक्तान भारी मतान्तरले हारे

एमाले विभाजन भएपछि मुक्तान नेकपा एकीकृत समाजवादीबाट राजनीतिमा सक्रिय थिए।

नेपालभ्युज

कैलाशका निवर्तमान अध्यक्ष मुक्तान भारी मतान्तरले हारे

मकवानपूर। जिल्लाको कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मुक्तान भारी मतान्तरले हार व्यहोरेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका मुक्तानले यसपटकको निर्वाचनमा पूरै पालिकाबाट जम्मा १२० मत मात्रै प्राप्त गरेका छन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट दुई हजार ८०२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका थिए।

एमाले विभाजन भएपछि मुक्तान नेकपा एकीकृत समाजवादीबाट राजनीतिमा सक्रिय थिए। उनी अध्यक्ष रहँदा भ्रष्टाचारको मुद्दा समेत लागेको थियो। कैलाशमा अरु दलसँग गठबन्धन भएपनि समाजवादीले छुट्टै उम्मेदवार उठाएको थियाे।

उनीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका लोक बहादुर मुक्तानले चार हजार ९८७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved