प्रेस स्वतन्त्रता सूचकांकमा नेपालको प्रगति

विश्व प्रेस स्वतन्त्रता सूचकांकअनुसार छिमेकी मुलुक भारत १५० औँ स्थानमा झरेको छ। गतवर्ष भारत १४२ औँ स्थानमा थियो। पाकिस्तान पनि १५७ औँ स्थानमा झरेको छ।

नेपालभ्युज

प्रेस स्वतन्त्रता सूचकांकमा नेपालको प्रगति

काठमाडौं। नेपालले प्रेस स्वतन्त्रता सूचकांकमा उल्लेखनीय प्रगति गरेको छ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२२ मा अघिल्लो वर्ष १०६ औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६ औँ स्थानमा उक्लेको देखाएको हो।

विश्व प्रेस स्वतन्त्रता सूचकांकअनुसार छिमेकी मुलुक भारत १५० औँ स्थानमा झरेको छ। गतवर्ष भारत १४२ औँ स्थानमा थियो। पाकिस्तान पनि १५७ औँ स्थानमा झरेको छ।

नर्वेसँगै डेनमार्क र स्वीडेन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छन् भने चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युवा र म्यान्मार अतिकम प्रेस स्वतन्त्रता भएका देशका रुपमा दरिएका छन्।

इस्टोनिया, फिनल्याण्ड, आयरल्याड, पोर्चुगल, कोष्टारिका क्रमशः चौथो, पाँचौ, छैटौँ, सातौ र आठौँ भएका छन्।

सूचकांकले समाचार र सूचना अराजकताको विनाशकारी प्रभाव र भ्रामक समाचार एवं प्रचारलाई प्रोत्साहन गर्ने अनियमित ‘अनलाइन’ सूचनाको प्रभावलाई गम्भीर विषयका रुपमा प्रस्तुत गरेको छ।

हरेक वर्ष ३ मे अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवसलाई सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मनाइने गरेको छ।

प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका विषयहरूमा सञ्चारकर्मीहरू पनि उत्तिकै गम्भीर र संवेदनशील हुनुपर्ने वास्तविकतालाई मार्गदर्शकका रुपमा लिइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved