एमाले र कांग्रेस कार्यकर्ताबीच स्याङ्जामा खुकुरी हानाहान

नेपालभ्युज

एमाले र कांग्रेस कार्यकर्ताबीच स्याङ्जामा खुकुरी हानाहान
प्रतिकात्मक तस्वीर

काठमाडौं। स्याङ्जाको चापाकोटमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ। घटनामा एमाले कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएका छन्।

शनिबार साँझ चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेका दुवै दलका कार्यकर्ताहरू बीचमा वीपी चोकमा भेट भएपछि झगडा परेको थियो।

झगडापछि खुकुरी हानाहान भएको हो। घाइते मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved