गोरखा। संसदीय व्यवस्था भेडाबाख्राको किनबेचजस्तो पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्। कम्युनिष्ट पार्टीका सांसद त किनिएर बेचिएर आफ्नै सरकार गिराउन लागिपरेका भन्दै उनले कम्युनिष्टहरूले तीन वर्ष पनि सरकार चलाउन नसक्दा आफूहरूको के गति होला भन्ने प्रश्न गरे।
गोरखा बजारमा आज (मंगलबार) पार्टीले गरेको बृहत् जनसभा कार्यक्रममा डा. भट्टराईले संसदीय व्यवस्था खिचडी खालको भएकाले यसबाट विकास नहुने दाबी गरे। त्यसका लागि आफ्नो पार्टीले संविधान संशोधन गरेर संसद्लाई पूर्ण समानुपातिक बनान माग गरेको पनि उनले बताए।
संसदमा आधा हिंसा महिलालाई छुट्याइनुपर्ने भनेका डा भट्टराईले संसद्लाई समावेशी बनाउन बनाई सांसदहरूले कानून मात्र बनाउने तर उनीहरूलाई मन्त्री हुन नपाइने खालको व्यवस्था गर्नुपर्ने बताए। यस्तो हुन सके चुनावी खर्च पनि नहुने उनको धारणा थियो।
“राष्ट्रिपति प्रत्यक्ष निर्वाचित गर्ने र राष्ट्रपतिले सांसदबाहेकका मान्छे राखेर मन्त्री बनाउने, त्यसो भयो भने राम्रो मान्छे चुनिन्छ। २७५ जनाले छानेको भन्दा २ करोड बढीले छानेको राष्ट्रपति बढी क्षमतावान् बढी इमानदार हुन्छ, यसो भए मात्र देशमा सुशासन आउँछ,” उनले दाबी गरे।
अहिलेको निर्वाचन सामान्य प्रकृतिको नभएको भन्दै डा. भट्टराईले गत वर्षदेखि हुँदाखाँदाको सरकार ढालेर, दुई कम्युनिष्ट घटक आपसमा लडेर देशलाई बर्बादीमा लगेका बताए। साथै अहिले बुद्धि नपुर्याए फेरि पुरानै शक्तिहरू अगाडि आउने र फेरि अर्को पाँच वर्ष खेर जानेमा उनले चिन्ता व्यक्त गरे।
सभामा अन्य पार्टी र स्वतन्त्र गरी सयौं मानिस जसपा प्रवेश गरेका थिए।
Facebook Comment
Comment