आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालभ्युज

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

एजेन्सी। श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्।

मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताए।

नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन्। नयाँ थपिएका मन्त्रीहरुमा आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन्।

यसअघि, यही ३ अप्रिलमा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए।

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्।

आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved