काठमाडौंको मेयरमा उठ्न लागेकी सुनिता डंगोलको यस्तो छ घोषणापत्र

नेपालभ्युज

काठमाडौंको मेयरमा उठ्न लागेकी सुनिता डंगोलको यस्तो छ घोषणापत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको घोषणा गरेकी सुनिता डंगोलले आज चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्।

काठमाडौं महानगरपालिकालाई ‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ बनाउने उनले घोषणापत्रमा प्रतिबद्धता गरेकी छन्। ८ खम्बे विकास उनले अघि सारेकी छन्।

उनको आठखम्बे नीतिमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा खेलकुद रोजगारी तथा उद्यमशीलता, रिसर्च एण्ड डेभलपमेन्ट छन्।

त्यस्तै १२ ओटा अल्पाकालीन योजना तथा ४३ ओटा मध्यकालीन योजना उनले अघि सारेकी छन्। त्यस्तै १४ ओटा दीर्घकालीन योजना पनि उनले घोषणापत्रमा उल्लेख गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved