नियमित तालिकामा थपियो टाइफाइडको खोप

अब १५ महीना पुगेका हरेक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अनिवार्य लगाइने छ।

नेपालभ्युज

नियमित तालिकामा थपियो टाइफाइडको खोप

काठमाडौं। टाइफाइडविरुद्धको खोप नियमित खोप तालिकामा थपिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित टाइफाइड खोप अभियान तथा राष्ट्र खोपको नियमित खोपमा टाइफाइड खोप कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी यो कार्यक्रमको शुरुआत गरे।

यससँगै अब १५ महीना पुगेका हरेक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अनिवार्य लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए।

उनले विश्व स्वास्थ्य संगठन डब्लूएचओले तोकेको सीमाभन्दा नेपालमा टाइफाइडको जोखिम १० गुणा बढी भएको अध्ययन प्रतिवेदनको रिपोर्टबारे जानकारी दिँदै यसको नियन्त्रण तथा रोकथामका लागि तीनै तहबीच समन्वय हुनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved