बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपालभ्युज

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं। नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ।

घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गरेको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ। तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा हालसम्म अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो भने बेलुका स्थगित गरेर आज बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो। बारको यही १९ चैतमा काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए।

त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० मतदाता रहेका थिए। सात हजार ४२९ मत मात्र खसेको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved