फिल्म ‘के घर के डेरा’को निर्देशक फेरिए

नेपालभ्युज

फिल्म ‘के घर के डेरा’को निर्देशक फेरिए

काठमाडौं। दुई वर्ष अगाडि निर्माण घोषणा भएको फिल्म ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्ममा निर्देशकको रुपमा दीपेन्द्र के खनालले काम गर्ने जानकारी गराइएको हो। यसअगि फिल्मको निर्देशकमा सुव्रतराज आचार्य थिए। उनले विभिन्न कारण देखाई निर्देशक भएर काम गर्न नसक्ने भनेपछि निर्देशकको जिम्मा खनाललाई दिएको निर्माण पक्षले बताएको छ।

फिल्मलाई खनालले निर्देशन गर्ने भएपछि फिल्मको कथा पटकथा दुवैमा परिवर्तन हुने भएको छ। काठमाडौंमा मात्र छायांकन हुने फिल्मले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ। कार्यक्रममा निर्देशक खनालले फिल्मलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन्। ३५ वर्षअघि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’को नाम सापटी लिएर फिल्म बन्न लागेको हो।

फिल्ममा मुख्य कलाकारहरु भने यथावत छन्। ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved