क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

नेपालभ्युज

क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

एजेन्सी । हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छिन्। विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेकी हुन्

उनी हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएयता आफ्नो कार्यकालभरी विवादमा रहिनु, हङकङमा विपक्षी समूहहरूले उनीमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन गरे।

६४ वर्षीय लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएकी थिइन्। आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उनले बताएकी हुन्।

हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो महिना ९मे० मा नयाँ नेता चयन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved