नेपालको ओडीआई वरीयता खस्कियो

नेपालभ्युज

नेपालको ओडीआई वरीयता खस्कियो

काठमाडौं। नेपाल आईसीसी एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयता नेपाललाई स्थान १८ औं स्थानमा राखिएको छ। नेपाल ३ सय ८ अंक पाएको छ।

नेपालभन्दा एक स्थान माथि नामिबिया र एक स्थान तल यूएसए छ। यसको वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड छ भने दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा भारत छ। त्यसैगरी दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेश क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन्।

अफगानिस्तान १० स्थानमा रहँदा यूएई भने १५ औं स्थानमा छ।

नेपालले खेलेका पछिल्ला एकदिवसीय म्याचमा राम्रो प्रदर्शन गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved