काठमाडौं। आईएमई ग्रुपको एजेन्ट सञ्जाल आईएमई र अनलाइन सिकाइ संस्था मिदास एजुकेशनबीच सहकार्यका लागि सम्झौता भएको छ। दुई कम्पनीबीच सहकार्यमा ई-लर्निङ प्रवर्द्धन अभियान शुरु भएको हो।
उक्त अभियान ८ चैतदेखि ३१ वैशाखसम्म ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
यस अभियानमा नेपालमा विदेशबाट आईएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइने र त्यसबाट लिंकमा क्लिक गरी MiDas eCLASS इन्स्टल गर्न सकिने कम्पनीले जनाएको छ। एप डाउनलोडपछि नि:शुल्क प्रोमो कोड प्राप्त हुने र त्यसैबाट नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीले नि:शुल्क अनलाइन कक्षा लिन पाउने आईएमई ग्रुपले जनाएको छ।
कम्पनीका अनुसार उक्त एपमा पाठ्यक्रमअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेसन र इलुस्ट्रेसनबाट अध्ययन गर्न सिकनेछ।
Facebook Comment
Comment