मन्त्रिपरिषद् पुनर्गठनको जोखाना हेर्दै देउवा : लोसपालाई यसकारण सरकारमा ल्याउन चाहन्छन्

अमेरिकी विकास परियोजना (एमसीसी) विवादका कारण संकटमा परेको सत्तारुढ गठबन्धनले उक्त परियोजना व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएपछि जीवन पाएको हो। यद्यपि देउवा गठबन्धनलाई अझ मजबुत बनाउने अभ्यासमा छन्।

मन्त्रिपरिषद् पुनर्गठनको जोखाना हेर्दै देउवा : लोसपालाई यसकारण सरकारमा ल्याउन चाहन्छन्

काठमाडौं। स्थानीय तह निर्वाचनको तयारीमा दलहरू रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनको खाका कोर्न लागिपरेका छन्।

अमेरिकी विकास परियोजना (एमसीसी) विवादका कारण संकटमा परेको सत्तारुढ गठबन्धनले उक्त परियोजना व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएपछि जीवन पाएको हो। यद्यपि देउवा गठबन्धनलाई अझ मजबुत बनाउने अभ्यासमा छन्।

देउवा गठबन्धन बाहिरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सामेल गराउने तयारीमा जुटेको बालुवाटार स्रोतले बताएको छ। लोसपालाई सरकारमा ल्याउँदै गर्दा देउवा आफ्नै पार्टीका मन्त्रीहरू पनि फेरबदल गर्ने सोचमा रहेका बुझिएको छ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिमा विजयी हुन सघाएका नेता प्रकाशमान सिंहलाई सरकारमा सामेल गराउने चर्चा उतिबेलादेखि नै थियो। महाधिवेशनमा सभापतिको मतदान दोस्रो चरणमा पुग्दा सिंह, विमलेन्द्र निधिले देउवालाई सघाएका थिए। स्रोतका अनुसार, त्योबेला देउवाले सिंहलााई उप-प्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बचन दिएका थिए।

सिहंले सरकारमा जाने सोच नभएको भन्दै त्यसको खण्डन गरे पनि उपप्रधानसहित गृहमन्त्री पाए जाने इच्छा व्यक्त गरेको एक कांग्रेस नेता बताउँछन्। ती नेताका भन्छन्, “तर, देउवालाई अहिलेका गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारबाट बाहिर पठाउन गाह्रो छ। देउवाका विश्वासिला खाडले महामन्त्री पदमा पनि सम्झौता गरे र अब सरकारबाट पनि बाहिरिने कुरा सहज छैन।”

स्रोत भन्छ, “देउवाले सिंहलाई रक्षामन्त्रीमा मनाउने कोसिश गरेका छन्। त्यस्तै सुजाता कोइराला पनि पुनर्गठनमा मन्त्री बन्ने इच्छुक देखिएकी छन्। अहिलेका कतिपयलाई बिदावारी गरेर नयाँ मन्त्री बनाउने तयारी गरे पनि नेताहरूको उचित व्यवस्थापन गर्न नसक्दा देउवाले पुनर्गठनको मिति तय गर्न सकिरहेका छैनन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत यसबारे खासै टिप्पणी गर्न चाहदैनन्। भन्छन्, “मन्त्रिपरिषद् हेरफेर नितान्त प्रधानमन्त्रीको अधिकारको विषय हो। उहाँलाई आवश्यक परेको खण्डमा सम्बन्धित पक्षहरूसँग छलफल र सल्लाह गरेर गर्नुहुन्छ होला, यसबारे हामीसँग अहिले त्यस्तो कुनै सल्लाह भएको छैन।”

लोसपलाई सरकारमा सहभागी हुन पनि देउवाले आग्रह गरेको स्रोतको दाबी छ। लोसपाले चार ओटा मन्त्रालय मागेको तर देउवाले दुई ओटा मात्रै दिन सकिने बताएका छन्।

लोसपाले नागरिकता विद्येयक, मुद्धा फिर्ता र संविधान संशोधन गरि तीन माग अगाडी सारेको छ । जसलाई सम्बोधन गर्न संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सम्मिलीत तीन सदस्यीय कार्यदल नै बनाएको छ।

लोपसा नेता सुरेन्द्र झाले प्रधानमन्त्रीसँग सत्ता-साझेदार गर्ने गरी गम्भीर ढंगले कुरा बढ्न नसकेको बताए। “आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरूले मुद्दा सम्बोधन कुरा गरेर एउटा अनौपचारिक रूपमा त्यसलाई अध्यय गर्न अहिले कार्यदल बनेको छ”, झाले भने, “यसले कसरी काम गर्छ त्यसमा अन्य कुरा निर्भर गर्छ होला।”

एकातिर लोसपा एमालेसँग चुनावी तालमेलको तयारीमा छ भने अर्कोतिर मौका मिलिहाले सरकारमै पनि सहभागी भइहाल्ने दाउमा छ। सत्ता गठबन्धनमा अंकगणितको कुनै समस्या नपरेका बेला देउवा किन लोसपालाई सरकारमा ल्याउन खोजिरहेका छन्? जिज्ञासाको विषय बनेको छ।

लोसपा नेता झा एमालेतिर वा कांग्रेसतिर नगएको भन्दै अहिले आफुहरू पार्टीको काममा लागेको बताए। नेता झाले एमालेसहित अन्य कुनै पदलहरूसँग अहिले चुनावी तालमेल वा अन्य विषयमा कुराकानी नभएको दाबी गरे। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर लोसपाले आउँदो हप्ता मधेश प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम राखेको छ।

देउवाले आफ्नो न नेतृत्वको सरकार बनेको ८ महीनापछि पुनर्गठनको सुरसार थालेका हुन्। २९ असारमा माओवादी, जसपा र नेकपा (एस)को समर्थनमा प्रधानमन्त्री बनेको देउवा मन्त्रिपरिषद् विस्तारमै तीन महीना लगाएका थिए। असोज तेस्रो हप्ता मन्त्रिपरिषद् विस्तार गरेका देउवाले अहिले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसहित मन्त्रिपरिषद् पुर्नगठन गर्न किन लागेका हुन्? सोध्दा कांग्रेस नेताहरू नै मुखामुख गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved