विश्वासको मतमाथिको छलफलमा समेत संसद्‌मा बसेनन् ओली, माधव नेपालले भने- प्रधानमन्त्री बेपत्ता हुनुभयो

नेपालभ्युज

विश्वासको मतमाथिको छलफलमा समेत संसद्‌मा बसेनन् ओली, माधव नेपालले भने- प्रधानमन्त्री बेपत्ता हुनुभयो

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा समेत बैठकमा छैनन् ।
आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिए ।

आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भए पनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने पालोमा पनि आएनन् । लिङ्देनले व्यङ्ग्य गर्दे भने ‘प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला, बधाई दिन चाहन्छु ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको गुनासो गरे ।  उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved