काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पहिलो दिनको थुनछेक बहस सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको र भोलि त्यसलाई निरन्तरता दिइने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ ।
मङ्गलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो ।
लगत्तै थुनछेक बहस सुरु भएको थियो ।
उनीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।
Facebook Comment
Comment