काठमाडौं। नेपालभर डीटीएच र ईन्टरनेट सेवा विस्तारको लक्ष्य लिएको डिशहोम फाइबरनेटले बुढानिलकण्ठस्थित हात्तीगौँडामा पनि सहवितरण शोरुम सुभारम्भ गरेको छ ।
२२ फागुनदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको उक्त शोरुमको सीएम ट्रेडिङ अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गर्नेछ ।
शोरुम उद्घाटनमा डिशहोमका क्षेत्रीय बिक्री प्रवन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ अफिसर अनिल ठाकुर र सि एम ट्रेडिङका तर्फबाट गोपालमान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाको उपस्थित थिए।
लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा, ग्राहकहरूमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ।
Facebook Comment
Comment