जग्गा विवादमा ज्वाईंले गरे ससुराको हत्या

जग्गा विवादमा ज्वाईंले गरे ससुराको हत्या

धनुषा । जनकपुरधाममा एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरका बासिन्दा ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो ।

वासुदेवलाई उनकै ज्वाईं ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले पेटमा चक्कु प्रहार गर्दा वासुदेव गम्भीर घाइते भएका थिए । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा वासुदेवको मृत्यु भएको डीएसपी सिंहले बताए ।

घटनापश्चात बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved