विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालनमा आउँदै

नेपालभ्युज

विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालनमा आउँदै

मस्को । उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने जानकारी रुसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको छ।

यसका साथै, प्योङयाङ र रुसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरु गरिने बताइएको छ।

प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ। यो यात्रा १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न लगभग आठ दिन लाग्ने अनुमान गरिएको छ।

कोभिड– १९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः सञ्चालनमा आउँदा यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved