अस्ट्रियाको स्कूलमा गोली चल्दा नौ जनाको मृत्यु

नेपालभ्युज

अस्ट्रियाको स्कूलमा गोली चल्दा नौ जनाको मृत्यु

काठमाडौं । अस्ट्रियाको ग्राज शहरको एक स्कूलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

गोली हानाहानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्टसमेत मिडियाले गरेका छन् ।

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ । – सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved