काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ‘भिक्ट्री सेलिब्रेसन’का क्रममा बेंगलोरमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
विजेता रोयल च्यालेन्जर्स बेंगलोरको घरेलु मैदान चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
मृत्यु हुनेहरू बैंगलोरको जितको उत्सव मनाउन भेला भएका क्रिकेट समर्थक थिए ।
अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरिरहेका तस्वीर बाहिरिएका छन् ।
यता एनडी टीभीले भने मृतककको संख्या ११ पुगेको जनाएको छ । साथै भागदौडमा परेर दजनौं मानिस घाइते भएको बताइएको छ ।
पहिलोपटक आईपीएल जितेको बेंगलोरले बुधबार दिउँसो घरेलु सहरमा ‘भिक्ट्री सेलिब्रेसन’ सुरु गरेको थियो ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा मंगलबार मध्यराति सकिएको खेलमा बेंगलोरले पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै आईपीएलको पहिलाे उपाधि जितेकाे हाे ।
Facebook Comment
Comment